एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको इरानी प्रहरीले पुष्टि गरेको छ ।

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलीभिजनले उल्लेख गरेको छ ।

खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीले इरानी टेलीभिजनसँग भने, “एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।” आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले बताए ।

Share.

Comments are closed.