आजकल दैनिक जसो बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीहरु पक्राउ परेका समाचारहरु मिडियामा आउने गरेका छन् । नेपाल प्रहरीको तथ्यांकले पनि पछिल्लो समय बैंकिङ कुसरका घटना बढ्दै गएको देखाउँछ । आजभोली दिन दिनै बैंकिङ कसुरका घटनामा दोषि ठहर भइ कैद र जरिवान तिर्न बाँकी रहेका अभियुक्तहरु पक्राउ पर्ने क्रम पनि बढ्न थालेका छन् ।

चैत महिनाको २८ गतेसम्म आइपुग्दा मात्रै बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषि ठहर भइ कैद र जरीवाना तिर्न बाँकी रहेका ११ जना पक्राउ परिसकेका छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दै गएको छ भने दोषी ठहर भएका व्यक्तिहरुलाई पनि पक्राउ पर्ने क्रम पनि बढिरहेको छ।

Share.

Comments are closed.