छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले सहायक चतुर्थ तह अन्तर्गको सहायक इकाई प्रबन्धकमा केही संख्यामा, अधिकृत सातौं तह अन्तर्गत दुई किसिमका सहायक अधिकृत केही संख्यामा र अर्को सहायक अधिकृत एक जना कर्मचारीको लागि रोजगारी खुलाएको हो । कम्पनीले सहायक प्रबन्धका लागि एसईई देखि सहायक अधिकृत लेभलका लागि सीए उत्तीर्ण, बीबीए/एमबीए र कानुन विषयमा स्नताक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी असार १२ गतेभित्र कम्पनीको वेबसाइट https://www.chhimekbank.org/career/मार्फत् आवेदन दिन सक्नेछन् ।

Share.

Comments are closed.