बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस सरोगेसीबाट अभिभावक बनेको कुरा सर्वाविधित नै छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रियंका र निक छोरीको आमाबुवा बनेका छन् । प्रियंकाले आफ्नी छोरीको नाम मालती म्यारी चोपडा जोनस राखेको बताईएको छ । उनले यो नाम दर्ता पनि गराएको हलिउड पोर्टल टीएमजेडले जनाएको छ । जन्मदर्तामा उल्लेख भएअनुसार मालतीको जन्म १५ जनवरीमा क्यालिफोर्नियाको सान डियागोमा राति ८ बजे भएको थियो ।

संस्कृतबाट लिइएको मालती शब्दको अर्थ सुन्दर फूल र चन्द्रमा हो । म्यारी चाहिं ल्याटिन भाषाको स्टेला म्यारिसबाट लिइएको हो, जसको अर्थ समुन्द्रको तारा भन्ने हुन्छ ।

Share.

Comments are closed.