दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि जेठ २६ देखि ३१ गतेसम्म आइपिओ खुला गर्ने भएको छ ।

कम्पनीले २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १७ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्

कम्पनीले निष्काशन गरिएको कुल सेयर २१ लाख ९५ हजार ५०९ कित्तामध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । साथै ५ प्रतिशत कित्ता १ लाख ९ हजार ७७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।

कम्पनीले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई जिम्मा दिएको छ । लगनीकर्ताले सजिलो तरिकाले मेरो सेयर एप वा वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । पूरा आवेदन नपरेमा भने असार ९ गतेसम्म आवेदन दिने मिति लम्बिने कम्पनीले बताएको छ ।

Share.

Comments are closed.