टर्कीको मुद्रास्फिति बढेर ७९ प्रतिशतको अत्यासलाग्दो अवस्थामा पुगेको छ । यतिधेरै मुद्रास्फिति सो देशमा पछिल्लो आधा शताब्दीमा पहिलोपटक बढेको हो । टर्की सरकारको तथ्याङ्क विभागका अनुसार गएको जुन महिनामा मूल्यवृद्धि ७८ दशमलव ६२ प्रतिशत पुगेको छ ।

सन् १९९८ मा टर्कीमा ८० प्रतिशत मूल्यवृद्धि भएको थियो । गएको जुन महिनामा वस्तु हेरेर शून्य दशमलव आठ प्रतिशतदेखि १६ दशमलव ५१ प्रतिशतसम्म भाउ बढेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको मे महिनामा टर्कीका अर्थ मन्त्री नरेद्दिन नेबातीले महँगी अब घट्ने बताए पनि त्यति बेला ७३ प्रतिशत रहेको मूल्यवृद्धि ७८ प्रतिशतभन्दा माथि पुगेको छ । टर्कीमा खाद्यान्नको मूल्यवृद्धि झन्डै ९४ प्रतिशत पुगेको खबरमा उल्लेख छ । सन् २०१७ देखि हरेक वर्ष दोहोरो अङ्कमा मूल्यवृद्धि भइरहेको टर्कीमा ब्याज दर पनि निकै उच्च रहेको छ ।

Share.

Comments are closed.