टाइफाइड निकै नै संक्रामक रोग हो । यो रोग सबै उमेर समूहका मनिसहरुलाई लाग्ने गर्दछ । तर पनि विशेष रुपमा, बच्चाहरु यसबाट प्रभावित हुने गरेका छन् ।

मुख्यत: ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्ने गर्दछ । त्यसैले यस रोगबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु नै हो ।

टाइफाइडबाट बच्न अपनाउन सकिने सावधानी यस प्रकार छन् :

-व्यक्तिगत सरसफाईमा ध्यान दिने
-सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने
-बेला बेलामा साबुनपानीले मिचिमिचि हात हुने
-राम्ररी पकाएको र सधैं छोपेर राखेको खाना मात्र खाने
-बासी, सडेगलेको र झिंगा भन्केको खाना कहिल्यै नखाने
-पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट प्रयोग गरी सफा र सुरक्षित पानी मात्र पिउने

यसबाहेक सरकारले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म १५ महिनादेख १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड खोप दिन लागेको छ । खोपले रोगबाट बचाउने हुँदा यस अभियानमा सबैले आफनो बच्चालाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह समेत गरेको छ ।

Share.

Comments are closed.