टाटा मोटर्स नेपाल र सिप्रदी ट्रेडिङले संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ ल्याएको छ।

कम्पनीका अनुसार केयर प्लस एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ ।

ग्राहकहरूले अब आफ्ना सवारी साधनहरूको सहज र समस्यामुक्त सञ्चालन सुनिश्चित गर्न सक्नेछन् । यसका साथै केयर प्लसमा सवारी मर्मत, व्हिल अलाइनमेन्ट र सवारी साधनको धुलाई सहित निर्धारित सेवाहरू समावेश गरिएको छ । यसमा ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५ हजार ५०० किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्न सक्नेछन्।

केयर प्लस प्याकेज सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध हुने बताईएको छ।

Share.

Comments are closed.