ट्रेजरी बिलको ब्याज केही घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको ९१ र १८२ दिने ट्रेजरी बिलको ब्याज दर १२ प्रतिशतभन्दा तल आएको छ ।

अघिल्लो साता जारी गरिएको ९१ दिने ट्रेजरी बिलको ब्याज १३.९९ प्रतिशत पुगेको थियो। सोमबारको दर ९१ दिनको ११.८० प्रतिशत कायम भएको छ । १८२ दिनको ट्रेजरी बिलको अधिकतम दर १०.९९ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकले यो नविकरण गरेको ट्रेजरी बिल हो । राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरेको हो । अहिले स्थायी तरलता सुविधा र अन्तर बैंक सापटी दर ८.५ प्रतिशत पुगिसकेको छ । स्थायी तरलता सुविधा बापत सापटी लिएर बैंकहरुले महँगो दरको ट्रेजरी बिलमा लगानी गरिरहेका छन् ।

९१ दिनको ट्रेजरी बिलको औषत ब्याज ११.६९ प्रतिशत छ भने १८२ दिनको १०.९९ प्रतिशत कायम भएको छ । कुल १६ अर्बको लागि दाबी परेको राष्ट्र बैंकले जनाएको छ ।

Share.

Leave A Reply