नेपाल धितोपत्र बोर्डको पछिल्लो ब्रोकर लाइसेन्स सम्बन्धी नयाँ व्यवस्थाले ब्रोकर कम्पनीहरु पुर्ण रुपमा ठूला व्यवसायिक घरानाको कब्जामा पर्ने देखिएको छ । बोर्डले साधारण सेयर खरिदबिक्रीको काम गर्ने ब्रोकरको लागि समेत २० करोड चुक्ता पूँजीको व्यवस्था गरेको छ ।

यस्तै लगानी परामर्श सेवा,निक्षेप सदस्य तथा मार्जिन कारोबारको लागि ६० करोडको चुक्ता पूँजी चाहिने व्यवस्था गरिएको छ । यसबाहेक धितोपत्र व्यापारीको रुपमा संस्थागत लगानीकर्ताको समेत काम गर्नेको लागि १ अर्ब ५० करोड रुपैयाँको पूँजी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

जवकी अहिले कायम ब्रोकरको चुक्ता पूँजी २ करोड रुपैयाँ मात्रै छ । उनिहरुले अवको २ वर्ष भित्रमा बोर्डले तोके बोमजिमको काम गर्नका लागि तोकेबमोजिमको चुक्ता पूँजी जुटाउन २ वर्षको म्याद दिइएको छ । यसरी सामान्य शेयर खरिद बिक्रीको सेवा प्रदान गर्नका लागि पनि २० करोड रुपैयाँ जुटाउनु पर्ने भए पछि सामान्य व्यक्ति तथा संस्थारुले पनि ब्रोकर सञ्चालन गर्न सक्दैनन् ।

अहिले सञ्चालमा रहेका ब्रोकरहरुकै चक्ता पूँजी २ करोड रुपैयाँ छ । उनिहरुले नै अव न्युनतम २० करोड रुपैयाँ जुटाउनु पर्नेछ । अवको २ वर्ष पछि अहिले सञ्चालमा रहकै ब्रोकरहरुलाई गाह्रो पर्नेछ । सामान्य ब्रोकरहरुले नयाँ लगानीकर्ता भित्र्याउनु पर्नेछ । यस हिसावले अव ब्रोकरहरु ठुला व्यवसायिक घरानाको कब्जामा जाने निश्चित छ ।

ठुला व्यवसायिक घरानाले अहिलेको अवस्थामा लगानीको रुपमा ब्रोकर लाइसेन्स होल्ड गर्नेछन् । निश्चित वर्ष पछि उनिहरुले नै धितोपत्र बोर्ड तथा सरकारलाई प्रभावित पार्दै ब्रोकर लाइसेन्स बन्द गर्न लगाउने छन् । अहिलेको अवस्थामा हेर्दा जो कोहिले सजिलै ब्रोकर खरिद गर्न पाउने व्यवस्था जस्तो देखिए पनि ठूलो पूँजी सहित सञ्चालमा आउनु पर्ने भएकाले सामान्य लगानीकर्तालाई गाह्रो पर्ने भएको हो ।

धितोपत्र बोर्डले अव हरेक वर्ष आर्थिक वर्षको पहिलो ३० दिनमा ब्रोकर लाइसेन्स खुला गर्नेछ । सीमित कार्य गर्ने ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरका लागि न्यूनतम ६० करोड रुपैयाँ तोकिएको छ । स्टक डिलरको हकमा भने न्युनतम चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ तोकिएको छ ।

बोर्डका अनुसार तोकिएको अवधिमा पूँजी जुटाउन नसक्नेको लाइसेन्स स्वत खारेज हुनेछ । ब्रोकरको लाइसेन्सका लागि यस भन्दा अगाडी परीक्षा दिनु पर्थ्यो । तर अव नयाँ व्यवस्था अनुसार परीक्षा दिनु पर्दैन । तोकिएको मापदण्ड पुरा गरेमा स्वत लाइसेन्स पाइनेछ ।

ब्रोकर सञ्चालनका लागि हालको व्यवस्था (स्वतन्त्र रूपमा व्यवसाय प्रवेश गर्न र व्यवसाय छोड्न नपाउने) परिमार्जन गरी ‘ओपन इन्ट्री’ र ‘ओपन एक्जिट’ (तोकिएको मापदण्ड पुर्‍याएर स्थापना हुन र मन नलागे व्यवसाय छोड्न) विधि लागू गर्न लागिएको छ । अव बैंकहरुले पनि सहायक कम्पनी स्थापन गरी सजिलै ब्रोकर लाइसेन्स खोल्न सक्नेछन् ।

अहिले सञ्चालनमा रहेका मर्चेन्ट बैंकहरुले पनि ब्रोकर लाइसेन्स लिने तयारी गरिरहेका छन् । बैंक, वित्तीय संस्था, मर्चेन्ट बैंक, इन्भेष्टमेन्ट कम्पनी तथा व्यवसायिक घरानाका व्यक्ति तथा संस्थाले ठुलो मात्रामा ब्रोकर लाइसेन्स लिने तयारी गरेका छन् ।

यस प्रकारको नियमनले ब्रोकरको संख्या घटाई सिमित पुँजीपति घरानामा ब्रोकर कम्पनी पुग्ने र नेप्से बजारलाई आफ्नो पोल्टोमा पार्ने देखिन्छ । अहिले ५० ब्रोकरले मार्केट चलाउँथे भने यस व्यवस्था पछि १५-२० ब्रोकर कम्पनी मात्र पुग्ने सम्भावाना छ । यसले त बजारलाई झन् संकुचित पार्ने र सिमित मानिसहरुले मनपरी (कार्टेल, सिंडीकेट आदि ) गरेर स्टक मार्केट चलाउने भयानक स्थिति आउन सक्ने देखियो ।

Share.

Comments are closed.