नेकपा एमालेका नेता तथा सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नर पुनर्बहाली हुँदा पनि राजीनामा किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि बोल्ने क्रममा उनले भने, ‘अर्थमन्त्रीज्यू, तपाईंले गभर्नर निकाल्नुभयो, पुनर्बहाली भयो । महेश आचार्यले त राजीनामै दिनुभएको थियो । तर, अर्थमन्त्री त यही हुनुहुन्छ । अनि यसरी सुशासन हुन्छ ?”

उनले थपे, “आज तपाईं अर्थमन्त्रीकै रूपमा आउनेमा मलाई शंका थियो । आफ्ना अयोग्य कार्यकर्ताका लागि भर्ती केन्द्र खुलाएर वित्तीय संस्था र संवैधानिक निकायमाथि धावा बोलेर तपाईं अर्थतन्त्रको नियामक सञ्चालन गर्न सक्नुहुन्छ ? तपाईंले अर्थतन्त्रका नियमहरू तोडेर ब्रह्मलुट गर्दै हुनुहुन्छ । यो खेदजनक छ ।”

“एक एक आफ्ना कार्यकर्ता अयोग्य भएपनि भर्तीकेन्द्र खुलाएर वित्तिय संस्था र सम्पूर्ण संवैधानिक निकायमा धावा बोलेर गठबन्धनका नाममा तपाई अर्थतन्त्रको नियमकहरु संचालन गर्न सक्नुहुन्छ?,” उनले भने, “तपाईंले ब्रम्हलुट गर्न खोज्दै हुनुहुन्छ र अर्थतन्त्रका नियमहरु तोड्दै हुनुहुन्छ। यो खेदजनक छ, हामी यस्ता कुरालाई कहिल्यै कन्सिडर गर्न सक्दैनौं।”

शर्माले अर्थतन्त्रमाथि नै धावा बोलेको भन्दै नेपालको नियम तोड्दै डामाडोल गर्दै गएको अधिकारीले बताए। “तपाईंले अर्थतन्त्रमाथि धावा बोल्नुभएको छ। तपाईं अर्थतन्त्र भत्काउँदै हुनुहन्छ, नेपालको नियम तोड्दै हुनुहन्छ र तपाईंले डामाडोल गर्दै हुनुहुन्छ,” उनले भने, “यो डामाडोलका फड्के किनाराका साक्षी प्रतिपक्षी दल हुन सक्दैन।”

Share.

Comments are closed.