वित्तीय प्रणालीमा तरलता अभाव रहेको कारण कर्जा परिचालन गर्न नसकेको अवस्थामा पनि वाणिज्य बैंकहरुले नाफा बढेको वित्तिय विवरण सार्वाजनिक गरेका छन्।

गत आर्थिक वर्षको सुरुवाती चरण देखिनै बैंक तथा वित्तीय संस्थाहरुमा तरलता टाइट नै रहेको बैंकहरुको भनाई छ। तरलतामा आएको कमीकै कारणले बैंकहरुले कर्जा परिचालनमा कडाई गर्नुपर्ने अवस्था आएको बैंकहरुको भनाई छ। नेपाल राष्ट्र बैंकले तोकेको क्रेडिट निक्षेप अनुपात (सिडि रेसियो) समेत सिमा भित्र ल्याउनको लागि बैंकहरुरलाई हम्मे हम्मे पर्ने गरेको बताउँदै आएका थिए।

प्रणालीमा तरलता व्यवस्थापन गर्नको लागि नै मुस्किल परेको अवस्थामा समेत बैंकहरुले नाफा आर्जन गरेका हुन् । यस अवधिमा बैकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गर्न नसकेतापनि व्याजदर बढ्दा बैंकहरुको नाफामा वृद्धि भएको जानकारहरु भन्छन्।

गत आर्थिक वर्ष प्रणालीमा तरलताको चर्को दबाब परेको भएता पनि सामान्य व्यवसाय विस्तार भएको नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले बताए। कर्जा परिचालनमा केही कडाई गरिएको भएता पनि ब्याजदरमा भएको वृद्धि भएको छ। योसँगै स्प्रेड दरमा भएको बढोत्तरीसँगै बैंकहरुको नाफामा सकारात्मक प्रभाव परेको ज्ञवालीको बुझाई छ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा परिचालनलाई आक्रामक रुपमा बढाउन नसकेता पनि बैंकहरुको खुद ब्याज आम्दानी र नाफामा भने वृद्धि भएको छ । यस अवधिमा ब्याज आम्दानी बढेकाे बैंकको नै नाफा सोहि अनुसार वृद्धि भएको तथ्याङकले देखाउँछ। समीक्षा अवधिमा स्टयाण्डर्ड चार्टर्ड बैंकको ब्याज आम्दानी सबैभन्दा बढी ४४.६९ प्रतिशतले बढेको छ भने बैंकको खुद नाफामा पनि ६१.९९ प्रतिशतले बढेको देखिन्छ ।

त्यसैगरी, समीक्षा अवधिमा सानिमा बैंकको ब्याज आम्दानीमा गिरावट भएको छ। बैंकको नाफा पनि ०.७२ प्रतिशतले घटेको छ। यस अवधिमा बैंकको नाफा दुई अर्ब २७ करोड रुपैयाँबाट घटेर दुई अर्ब २९ करोड रुपैयाँमा झरेको हो।

अघिल्लो आर्थिक वर्षको भन्दा बैंकहरुको स्प्रेड रेट बढेको छ । बैंकहरुको व्यवस्थापन खर्च बढेको भएता पनि स्प्रेड रेटमा वृद्धि हुँदा बैंकको नाफामा सुधार भएको देखिन्छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा एभरेष्ट बैंकको स्प्रिट दर २५.३१ प्रतिशत विन्दुले बढेको छ भने सबै भन्दा थोरै सानिमा बैंकको ३.५९ प्रतिशत विन्दुले बढेको देखिन्छ । जहाँ सानिमा बैंकको नाफामा गिरावट हुनुमा पनि बैंकले आफ्नो स्प्रेड दरमा वृद्धि नभएको काराण हुन सक्ने आँकलन गरिएको छ।

सार्वजनिक भएका विवरण अनुसार बैंकहरुले आफ्नो चुक्ता पूँजीको आधारमा प्रगति गरेको देखिएको छ। हामीले माथि उल्लेखित नाफालाई आधार मान्दा नगदको हिसाबमा ग्लोबल आईएकई बैंकको नाफा सर्वाधिक देखिन्छ । तर त्यसमा उक्त बैंकको वितरण गर्ने क्षमता भन्दा दुई अर्ब रुपैयाँ नाफा आर्जन गरेको एभरेष्ट बैंकको क्षमता बलियो हुने जानकारहरु बताउँछन्। ग्लोबलले भन्दा एभरेष्टले आफ्ना सेयरधनीले बढी लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ।

Share.

Leave A Reply