मलेसिया लगिदिने प्रलोभन देखाएर सामुद्रिक बाटो थाइल्याण्डको एक टापुमा आइपुगेका म्यानमारका रोहिंग्या समुदायका ६० व्यक्ति अलपत्र अवस्थामा भेटिएका थाइ प्रहरीले जनाएको छ ।

उनीहरूले तस्करहरूले मलेसिया लाने भनेपनि अलपत्र पारेर बीच बाटोमा छोडिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक वरिष्ठ प्रहरी अधिकारीले आइतबार जनाएका छन् । उक्त समूह शनिबार दक्षिणी सातुन प्रान्तको कोह डोङ द्वीपमा फेला परेको थाइल्याण्डका प्रहरी लेफ्टिनेन्ट जनरल सुराकत हाक्पानले बताए ।

बौद्ध–बहुसङ्यक म्यानमारमा अत्यधिक सताइएका हजारौं मुस्लिम अल्पसंख्यक रोहिंग्या मानिसहरूले थाइल्याण्डको समुद्रमाथि मलेशिया पुग्न महिनौं लामो महंगो यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गर्छन् । थाइ प्रहरीले तिनीहरूलाई अवैध प्रवेशको अभियोग लगाइएको र अदालतको मुद्दापछि निर्वासनमा म्यानमार पठाउन सकिने बताएको छ ।

सराकतले भने, “हामी उनीहरूलाई मानवीय सहायता प्रदान गर्दैछौं । साथै, उनीहरू मानव बेचबिखनको सिकार भएका हुन् वा अवैध रूपमा स्वेच्छाले थाइल्याण्ड प्रवेश गरेका हुन् त्यसको छानविन भइरहेको छ ।”

 यो समूह पाँचदिनसम्म ‘भोकै रहेको’ समूहका सदस्यहरूले प्रहरीसँग बताएका छन् । उनीहरूलाई आवश्यक खाना र सामान्य औषधि दिइएको छ ।

समूहका सदस्यहरूले अफिसरहरूलाई तिनीहरूको डुङ्गा म्यानमार र बङ्गलादेशबाट निस्केका १७८ जना मानिसहरू बोकेका तीन जहाजहरूमध्ये एक भएको बताएका छन् । उनीहरूले यात्राको लागि लगभग ५,००० रिङजिट (१,३०० अमेरिकी डलर) एजेन्टलाई भुक्तानी गरेका पत्ता लागेको छ । 

थाई प्रहरीको भनाइअनुसार ११९ जना मानिसहरू बोकेको पहिलो दुईवटा डुङ्गालाई मलेशियाका अधिकारीहरूले रोकेर गिरफ्तार गरेका बुभिएको छ । उनीहरूको गिरफ्तारपछि डुङ्गाका चालक दलले कोह डोङ द्वीपमा अन्य रोहिंग्या यात्रीलाई अलपत्र छोडी भागेका र उनीहरू मलेसिया पुगेको बताइएको छ ।

Share.

Comments are closed.