एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । एनएलजी इन्स्योरेन्सको १२ लाख ६ हजार १३ दशमलव शून्य ५ कित्ता बोनश सेयर, प्रभु इन्स्योरेन्सको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता र नेशनल हाइड्रोपावर कम्पनीको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता बोनश सेयर सूचिकृत भएको हो ।

नेशनल हाइड्रोपावरले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५२५ प्रतिशत बोनस सेयर सूचिकृत गराएको हो । प्रभु इन्स्योरेन्स कम्पनीले चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनश सेयर र एनएलजी इन्स्योरेन्स कम्पनीले चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश सेयर सूचिकृत गराएको हो ।

यी तिन वटै कम्पनीको बोनश सेयर हितग्राही खातामा आएपछि सेयरधनीले कारोबार गर्न पाउनेछन् ।

Share.

Comments are closed.