हिन्दु धर्मावलम्बीले भगवान् विष्णुको रुपमा तुलसीको पूजा गर्ने गरेका छन्। तुलसीलाई पूजाको साथ साथमा कतिपय धार्मिक कार्यहरूमा अत्यावश्यक पनि मानिन्छ। यसका पात, डाँठ र मञ्जरी फूल आदि धार्मिक कार्यमा प्रयोग हुन्छन्। यसबाहेक, तुलसीका आयुर्वेदिक चमत्कारी फाइदाहरु पनि रहेका छन् ।

आयुर्वेदमा मात्र होइन, आधुनिक चिकित्सामा समेत तुलसीको प्रयोग गरिन्छ। क्षयरोग, उच्च रक्तचाप, इन्सेफलाइटिस जस्ता रोगहरूमा तुलसीको प्रयोग उपयोगी हुने चिकित्सक बताउँछन्।

तुलसीबाट घरैमा गर्न सकिने उपचारहरु यस प्रकार छन्:

–बिहान सबेरै तुलसीको मठनजिकै बसेर प्राणायम गर्ने वा श्वास तान्ने, फ्याँक्ने क्रिया अपनाउनाले पनि स्मरणशक्ति वृद्धि हुन्छ। साथै तुलसीको ३,४ पत्ता पानीको साथमा निल्नाले स्मरणशक्ति बढ्छ।

–दिनमा दुई चारपटक तुलसीको चारपाँच पटक पात चपाउने गर्नाले मुखबाट आउने दुर्गन्ध दूर हुन्छ। साथै तुलसीको नियमित सेवनबाट मुखका रोग नष्ट हुन्छन्।

–तुलसीको पातको गोली बनाएर दाँत दुखेको ठाउँमा राख्नाले दाँतको पीडा कम हुन्छ। साथै तुलसीको रसमा मरिचलाई पिसेर त्यसको गोली बनाएर दाँतको बीचमा राख्नाले पनि दाँतको पीडा कम हुन्छ।

–पानीको मात्रा अनुसार हरिया तुलसीका पत्ताहरू हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सुकाएर फिटकिरी मिसाएर पिनेर तयार पारिएको झोलले घाउ शीघ्र निको हुन्छ।

–ज्वरो, अल्छिपना , अरूचि आदि रोगको लागि तुलसीको पातको चिया बनाएर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको प्रयोग नियमित हुनुपर्छ।

–सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ।

–तुलसी पत्रलाई पानीमा उमालेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आराम मिल्छ।

–महिलाको मासिक धर्मको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ। साथै तुलसीको बिउमा जिराको चूर्ण र मिश्री मिलाएर साँझ बिहान दूधसँग पिउने गर्नाले पिसाबसम्बन्धी रोग दूर हुन्छ।

–तुलसी पत्ताको चूर्ण, सख्खर र कपुर तीन वस्तुलाई समान मात्रामा मिलाएर राती सुत्ने वेलामा चिसो पानी साथमा पिउनाले स्वप्नदोषको समस्या निराकरण हुन्छ। प्रतिदिन तुलसीको केही पत्ता चपाएर खाने गर्नाले रक्तशुद्धि हुनुको साथै सौन्दयवृद्धि हुन्छ।

Share.

Comments are closed.