दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनशिपमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य नौ  घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोवेटो ओर्लान्डो टाउनशिपमा आइतबार बिहान सबेरै सो घटना भएको जोहानेसबर्ग र अन्य क्षेत्रहरू समेट्ने गौतेङ प्रान्तका प्रहरी आयुक्त इलियास मावेलाले  जानकारी दिएका हुन् ।

आक्रमणकारीहरूले बारमा प्रवेश गरी  स्थानीय समय अनुसार बिहान १२:३० बजे अन्धाधुन्ध गोली चलाएका  थिए ।  

उनले १२ जनाको घटनास्थलमै र दुई जनाको उपचारकाक्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको  पनि उनले बताएका छन् । प्रहरीका अनुसार घाइतेहरुको उमेर १९ देखि ३५ वर्ष रहेको अनुमान गरिएको छ । घटनाबारे  अनुसन्धान जारी छ। 

Share.

Comments are closed.