थुनामुक्त भएपछि र्‍यापर आशिष रानामगर ‘लाउरे’ले बुधबार दमकमा पहिलोपटक कन्सर्ट गरेका छन् । कन्सर्टमा उनले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति दिए ।

लागूऔषध प्रकरणमा प्रहरी थुनामा रहेका लाउरे अदालतको आदेशपछि फागुन १० गते धरौटीमा रिहा भएका थिए ।

“अब जीवनलाई पहिलेभन्दा थप सक्रियताका साथ अघि बढाउँछु,” उनले भने, “बाँकी रहेका कामसहित नयाँ योजनालाई अघि बढाउनेछु ।”

आफ्ना २४ वटा गीत ‘पेन्डिङ’मा रहेकाले तीमध्ये उत्कृष्ट छानेर म्युजिक भिडियो निर्माण गर्ने योजना रहेको उनले सुनाए ।

Share.

Comments are closed.