एउटा तालमा धेरै माछा र भ्यागुताहरू बस्थे। सहस्रबुद्धि र सतबुद्धि नामक दुई माछा एकबुद्धि नामक भ्यागुतासँग मित्र थिए। उनीहरु धेरै समय सँगै बिताउँथे ।

एक दिन, तिनीहरूले दुई जना माझीले तालको माछा कसरी मार्ने भनेर कुरा गरिरहेको सुने। माछा मार्नेहरू भोलिपल्ट त्यो तालमा फर्कने निर्णय गर्छन्। यो सुनेर भ्यागुताले आफ्नो ज्यान बचाउन तालबाट टाढा जाने निधो गर्यो । उसले माछाहरुलाई पनि सो कुरा बतायो ।

तर, माछाहरू घमण्डी थिए । तिनीहरूले आफ्नो द्रुत चालद्वारा माछा मार्नेहरूलाई मूर्ख बनाउन सकिन्छ भनी ताल छोड्न अस्वीकार गरे। भ्यागुता आफ्नो परिवारसहित गएको भोलिपल्ट सहस्रबुद्धि र सतबुद्धि दुवैलाई माझीहरुले जालमा पारेर समाते।

नैतिक पाठ: खतराको सङ्केत आउँदा धेरै आत्मविश्वासी बन्नु भन्दा पहिले सुरक्षाको बारेमा सोँच्नु बुद्धिमानी हुन्छ।

Share.

Comments are closed.