एक बौद्ध भिक्षु धनी राजाका छोरा थिए। बुद्धको प्रभावमा उनले आफ्नो भौतिक धन र दरबारको सुख-सुविधा त्यागेर एक भिक्षु जीवनको कठिनाइहरू स्वीकारे। उनी रूखको मुनि बस्थे र ध्यान गर्थे। भिक्षाबाट जे प्राप्त भयो उनी त्यसैमा खुशी र सन्तुष्टि महसुस गर्थे। एकपटक पनि उनले आफ्नो बुबाको दरबारको विलासीपूर्ण जीवन याद गरेनन्।

एक दिन भिक्षुले वातको गम्भीर आक्रमणको सामना गरे। सुरुमा उनले वास्ता गरेनन्। तर पछि मुटु छेड्ने पीडा सहज भएन। उनलाई हिंड्न र ध्यान गर्न गाह्रो लाग्न थाल्यो। भिक्षु निराश महसुस गर्थे र प्राय जसो भाग्यलाई धिक्कार्थे। उनको जीवनको आनन्द हरायो।

एक बिहान, उनले भीख माग्दै गरेकी एउटी सानी केटीलाई देखे। उनको केवल एक खुट्टा मात्र थियो। तर उनले गीतहरू आफूलाई बिर्सेर गाउन थालिन् । उनलाई दुई खुट्टा छ कि छैन भनेर केही फरक परेको देखिएन। उनी आफ्नो आनन्दित गायनमा हराइन्। उनको साथ अरु बच्चाहरु पनि हाँसे। उनको वैराग्यको दृष्टिकोण देखेर भिक्षु लज्जित भए।

“यो सानी केटी जसको केवल एक खुट्टा छ, यति खुशी छ,” उनले आफैंलाई भने, “र म बुद्धको चेला भएर पनि निराशाको भुमरीमा फसिरहेछु !”

उनी त्यहाँबाट नयाँ मानिस बनेर फर्किए। पीडाले उनलाई चिन्ता दिन छोड्यो। जति दु:ख आए पनि आफ्नो लक्ष्य नछोड्ने दृढताको साथ उनी ध्यान गर्न थाले ।

Share.

Leave A Reply