दुई साथीहरू, धर्मबुद्धि (सही, सद्गुण) र पापबुद्धि (गलत, दुर्गुण) गाउँमा बस्थे। पापबुद्धिले पुण्यवान धर्मबुद्धिको सीपलाई पैसा कमाउने काममा प्रयोग गर्ने निर्णय गर्यो। उसले आफ्नो साथीलाई सँगै संसार घुम्न र धेरै पैसा कमाउन मनायो।

उनीहरु विदेश घुमेर पैसा कमाए । पर्याप्त पैसा कमाएपछि, पापबुद्धिले पैसा सुरक्षाको लागि जंगलमा गाड्नुपर्छ भनेर भन्यो। उनीहरुले त्यसै गरे । त्यसपछि एक रात, पापबुद्धिले सबै पैसा चोरेर गाउँ फर्कियो ।

जब धर्मबुद्धि पैसा लिन जंगलमा गयो, तब पापबुद्धिले आफूलाई केहि थाहा नभए जस्तो गर्यो । उसले धर्मबुद्धिलाई पैसा चोरेको आरोप समेत लगायो । न्याय खोज्दै यो कुरा गाउँका बुढाहरूकहाँ पुग्यो । उनीहरूले उक्त अपराधको बारेमा रूखको आत्मालाई सोध्न सहमति जनाए।

पापबुद्धिले आफ्नो बुबालाई रूखको बोक्रा पछाडि टोंड्कोमा लुकायो र निर्दोष मानिसको अपराध पुष्टि गर्न रूखको आत्मा जस्तै बोल्न राजी गरायो। गाउँका बुढाहरुले रुखलाई गएर सत्य के हो भनेर सोधे । रुखको आत्मा बनी लुकेको पापबुद्धिको बाउले धर्मबुद्धिले पैसा चोरेको कुरा राख्यो । केही गडबड भएको महसुस गर्दै, धर्मबुद्धिले रुखको टोंड्कोमा आगो लगायो र त्यहाँबाट दुष्ट साथीको बाउ हस्याङ्ग-फस्याङ्ग गर्दै बाहिर निस्कियो।

पापबुद्धीको बुबाले छोराको गल्ती स्वीकार गर्यो र गाउँका बुढाहरुले उनीहरुलाई सजाय दिए।

नैतिक पाठ: दुष्टहरूको संगतबाट टाढा रहनुहोस् । होइन भने तिनीहरूको दुष्कर्मको फल आफूले पनि भोग्न पर्नेछ।

Share.

Comments are closed.