पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्ड बाहिर आमरण अनशन सुरु गरेका छन् ।

कोइरालाले साढे ११ बजेबाट खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गरेका हुन् ।

कोइरालाको यो तेस्रो आमरण अनशन हो। पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताए । पुँजीबजार सुधार र विस्तारका मागसहित लगानीकर्ताहरु गत जेठ २० गतेबाट आन्दोलनरत छन्।

Share.

Comments are closed.