नयाँ सारथी लघुवित्त वित्तीय संस्था (NSLB) को बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
लघुवित्तको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस सेयर आइतबार नेप्सेमा सूचकिृत भएको हो ।
उक्त बोनस सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।