ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक गरेको छ। ओप्पो ए५७ ले आकर्षक ड्याजलिङ ओप्पो ग्लो डिजाइन, उत्कृष्ट सुविधा र विश्वसनीयताका साथ मिडरेन्ज फोन प्रयोगकर्ताहरुलाई चकित पार्ने दाबी गरिएको छ।

ओप्पो ए५७ को 33W SUPERVOOCTM चार्जिङ र उच्च क्षमताको ५००० एमएएच् लङ–लास्टिङ ब्याट्रीले उल्लेखनीय शक्ति र छिटो चार्जिङका साथ प्रयोगकर्ताहरुको दैनिक ब्याट्रीको चिन्ता हटाउँछ।

प्रयोगकर्तारुले ६.५६ ईन्च कलर–रिच डिस्प्लेमा उनीहरुको मनपर्ने कार्य र आनन्द लिन सक्छन्, जब कि आकर्षक अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरुले मनोरञ्जन अनुभवलाई अझ बढाउँछ। १३ एमपी रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरु र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरुको लागि एआई पोर्ट्रेट रिटचिङले कलात्मकता थप्छ र प्रयोगकर्ताहरुलाई फोटोको रूपमा मनमोहक सम्झनाहरु खिच्दा उनीहरुको आफ्नै रचनात्मकता अँगाल्न मद्दत गर्दछ।

बजारमा उपलब्धता

ओप्पो ए ५७ नेपालमा ९ श्रावण, २०७९ देखि ओप्पो ग्लो डिजाइन फिनिस सहित ग्लोइंग ग्रीन र ग्लोइंग ब्ल्याक कलरमा उपलब्ध छ। यसबाहेक, यसमा ४ जिबी रोम +६४ जिबी र्यामसहित ४ जिबी विस्तारित र्याम सफ्टवेयर सहित उपलब्ध छ। यो फोन www.oppo.com/np र रिटेल स्टोर्समा उपलब्ध छ। यसको मूल्य रु. २३,४९९ तोकिएको छ।

Share.

Comments are closed.