नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले आज जेठ १२ गतेबाट नागरिक बचतपत्र–२०८४ बिक्री खुला गरेको छ।
राष्ट्र बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकहरुले मात्र खरिद गर्न पाउनेछन्।

यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज (ब्याजमा कर लाग्ने) पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने राष्ट्र बैंकले बताएको छ।

लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्नेछन्। यो बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ। यो बचतपत्रमा यही जेठ ३१ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।

Share.

Comments are closed.