नागरिक लगानी कोष (CIT) ले साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले २७ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ साउन २५ गते, बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

साउन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन बुकक्लोज गर्ने निर्णय गरेको हो। यस अनुसार साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ६ गते साधारण सभा बोलाएको छ। सो सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिने कोषले जनाएको छ।

Share.

Leave A Reply