कलाकारदेखि हरेक व्यक्ति आफूलाई फिट राख्न योगको मद्दत लिने गर्छन् । आजकल योग गर्ने बानी ट्रेण्ड नै बनेको छ।हलिउडका थुप्रै सेलिब्रेटी आफ्नो जीवनमा योगलाई महत्व दिन्छन् ।

यी हुन् नियमित योग हलिउड सेलिब्रेटीहरु:

माइली साइरस : चर्चित गायिका तथा अभिनेत्री माइली साइरस योगमा रमाउने गर्छिन् । उनी अष्टाङ्ग योग सबैभन्दा बढी गर्छिन् । उनी व्यस्तताको समयमा पनि योगका लागि समय निकाल्न भुल्दिनन् । योगा आसनका तस्बिर समेत उनी सामाजिक संजालमार्फत सेयर गरिरहन्छिन् ।

जेनिफर एनिस्टन : अभिनेत्री जेनिफर एनिस्टन ५३ वर्ष भइन् । एक अन्तर्वातामा उनले योगबाट आफूलाई फिट रहन मद्दत मिलेको बताएकी थिइन् । उनी हरेक दिन योग गर्न रुचाउँछिन् ।

लेडी गागा : लेडी गागाले २००४ देखि उनको नियमित रुटिङमा योग समावेस गरेकी छन् । उनी बिक्रम योगाको अभ्यास गर्छिन् । योगले आफूलाई फिट राख्नुको अलवा खुसीका साथ जीवन जिउन मद्दत मिलेके उनी बताउँछिन् ।

बियोन्से : पप क्वीन बियोन्से गायनको अलवा फिटनेशको कारण पनि चर्चामा रहन्छिन् । उनको फिटनेश र पर्फेक्ट लुक्सको राज योग हो । उनको दैनिक रुटिङमा योग पर्दछ ।

Share.

Leave A Reply