सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले प्रक्षेपण गरेको छ । बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर आईएमफले पनि नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो ।

यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको थियो । यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । आइएमएफका अनुसार एसियाली भेगका विकाससिल मुलुकमा औसतः ५.४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ ।

एसियाका विकसित मुलुकको भने २.७ प्रतिशत आर्थिक वृद्धिदर हुने बताईएको छ । पुरै एसियाको भने ४.९ प्रतिशत आर्थिक वृद्धिदर रहने छ । दक्षिण एसियाली क्षेत्रमा भारतले ८.२, बंगलादेशले ६.४, श्रीलंकाले २.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने आईएमएफले बताएको छ ।

Share.

Comments are closed.