नेपालमा साउथको फिल्म ‘केजीएफ च्याप्टर २’को ओपनिङ भव्य हुने देखिन्छ । मल्टिप्लेक्समा पहिलो सप्ताहन्तका तीन दिनकै टिकट अग्रिम बिक्री भइसकेको कुरा जानकारीमा आएको छ।

पहिलोपटक नेपाली फिल्म इतिहासमा हलहरुले बिहान ६ बजे नै शो उपलब्ध गराएका छन् । बिहानैका ती शोसमेत हाउसफुल छन् । अबेर राति साढे १० बजेको शोका पनि सबै टिकट बिक्री भइसकेका छन् ।

“अहिलेसम्म मलाई बिहान ६ बजे नै हलमा शो भएको थाहा थिएन, त्यो पनि हाउसफुल,” रञ्जना सिनेप्लेक्सका म्यानेजर विनोद पौडेलले भने, “केजीएफप्रतिको दर्शकको क्रेज निकै उच्च देखिएको छ ।”

एकाबिहानैको शो हाउसफुल हुनुलाई उनले दर्शकीय क्रेज भएको बताए । “सात-आठबजेदेखि त शोहरु हुने गर्थे । दबंग लगायतका फिल्ममा गरेको त्यही हो । बिहान ६ बजेको शोमा ट्रायल गरौं भनेर गरेको, हाउसफुल भयो,” उनले भने ।

Share.

Comments are closed.