प्रोटोनको गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोन एक्स ५० सार्वजनिक गरेको हो ।

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स ७० को सफलता पछि मलेसियन कार निर्माता कम्पनीले प्रोटोन एक्स ५० सार्वजनिक गरेको हो ।

जगदम्बा मोटर्सले गैरीधारास्तिथ शोरुमबाट सो गाडी सार्वजनिक गरेको हो । प्रोटोन एक्स ५० पछिल्लो समयमा अरु विभिन्न देशमा ख्याती प्राप्त हुन सफल भएको साथै मलेसियाको सबैभन्दा बढी माग भएको कम्पनीको दाबी छ ।

१.५ लिटर टर्बोचार्ज्ड थ्री–सिलिन्डर इन्जिन रहेको यो गाडीको १.५ प्रिमियम, १.५ टी प्रिमियम र १.५ TGDi Flagship भर्सनहरु नेपालमा सार्वजनिक गरिएको हो ।

Share.

Comments are closed.