नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको कुरा सर्वविधित नै छ । बिहीबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले विद्युतीय स्कुटर सार्वजनिक गरेकी हुन् । स्कुटर बनाउन लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गरेका थियो ।

आउनुहोस् यस स्कुटरका ‘फिचर्स’बारे केही चर्चा गरौँ । नास्टले बनाएको विद्युतीय स्कुटरको मुख्य विशेषता भनेको एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्न सक्ने क्षमता हो । नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार ३ लाख भन्दा धेरै खर्चमा उक्त स्कुटर निर्माण भएको हो । एउटा मात्रै स्कुटर निर्माण गर्न धेरै खर्च लागे पनि ‘मास प्रोडक्सन’ गरे कम खर्चमा निर्माण हुने ढकालले बताए ।

स्कुटरमा अगाडि सामान र पछाडि मान्छे समेत बस्न मिल्ने छ । उकालोमा पनि एकजना चड्दा सजिलै चल्ने नास्टको दाबी छ । घरायसी प्रयोजनको लागि, कार्यालय प्रयोजनका लागि विद्युतीय स्कुटर उपयोगी हुने नास्टको भनाइ छ ।

स्कुटरमा दुई किलोवाट दूई ब्याट्री जडान भएको छ । नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विद्युतीय स्कुटर जीवन उपयोगी हुने बताए । उनले नास्टले आगामी दिन अझै यस्ता विषयहरुमा अनुसन्धानलाई तीव्रता दिँदै स्कुटर निर्माणमा सहभागी प्राविधिक टोलीलाई सम्मान समेत गरेका थिए ।

Share.

Comments are closed.