नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नेपाली बजारमा १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरेको छ ।

अबको केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको हो । प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएपछि कम्पनीले नयाँ मोडलको स्कुटर नेपाली बजारमा भित्र्याउन लगिएको हो ।

भारतीय बजारमा केही महिनाअघि मात्रै यो स्कुटर सार्वजनिक गरिएको थियो । भारतमा सुजुकी एभेनिसले आफ्नो सेगमेन्टमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको कम्पनीले बताएको छ ।

Share.

Comments are closed.