पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भईरहँदा नेपालमै विद्युतीय स्कुटर बनेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको हो ।

लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उद्घाटन गर्दैछन् ।

नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भइरहेको बेला नेपाली माटो सुहाउँदो नमूना स्कुटर निर्माण गरिएको हो ।

स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदा यस स्कुटरलाई एक पटक चार्ज गर्दा ५० किलोमिटर भन्दा पनि बढी गुड्ने बनाउन सकिन्छ ।

Share.

Comments are closed.