नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले स्वदेशी पुनर्बीमा विज्ञ र स्वदेशी पुनर्बीमा दावी विज्ञ गरि दुई पदमा आवेदन खुलाएको हो ।

करारमा नियुक्ति गरिने भएकोले योग्यता पुगेका आवेदकलाई कम्पनीले सूचना जारी गरेको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीका अनुसार स्वदेशी पुनर्बीमा विज्ञका लागि स्नातकोत्तर तह उत्तिर्ण गरेका, एक्चुअरीबाट फेलोसिप हाँसिल गरि बीमा क्षेत्रमा कम्तीमा पनि १० वर्ष काम गरेका उम्मेदवारले विज्ञको रुपमा आवेदन दिन सक्नेछन् ।

साथै, स्नातक तहको उपाधि हाँसिल गरेका र बीमा कम्पनीमा दाबी व्यवस्थापन कार्यमा व्यवस्थापकीय पदमा रहि कम्तिमा १० वर्ष काम गरेका व्यक्तिले स्वदेशी पुनर्बीमा दावी विज्ञको रुपमा आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

आवेदन दिनको लागि कम्पनीको कार्यालय थापाथलीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Share.

Comments are closed.