नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गते (आज) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार बैशाख २० गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद निष्काशनपछि उक्त पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५० पुग्नेछ ।

Share.

Comments are closed.