नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा भएको एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा भएको उक्त सेयर बिक्रीका लागि एनआईसी एशिया बैंकलाई निवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता न्युनतम ४७५ रुपैयाँ प्रस्ताव गरेको छ । बैंकले पहिलो चरणमा बैंकका विद्यमान सेयरधनीहरुलाई ३५ दिनको म्याद दिएको छ । यदि सो दरमा हाल कायम सेयरधनीहरुले खरिद गर्न चाहेमा उनिहरुले प्राप्त गर्नेछन् । तर विद्यमान सेयरधनीहरुले खरिद गर्न नचाहेमा मात्रै बैंकले सार्वजनिक रुपमा बोलकबोल आह्वान गर्नेछ ।

कम्पनीले तोकेको न्यनतम दरमा मात्रै बिक्री भए पनि सेयर बिक्रीबाट २३ करोड ७५ लाख रुपैयाँ आर्जन गर्नेछ ।

Share.

Comments are closed.