नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१औं वार्षिक साधारण भोलि चैत २१ गते गर्ने जनाएको छ। उक्त सभा बिहान ९ बजे होटल भिष्वा बीरगंज पर्सामा हुनेछ ।

सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को आर्थिक वर्षको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवतरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारत गर्नेछ ।

त्यस्तै, सभाले लेखापरिक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७ /७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती प्राप्त गरी नियुक्त लेखापरिक्षक एस एआर एण्ड एशोसिएट्सको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।

संचालक समितिले प्रस्ता गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बोनश सेयर जारी गरेपछि कायम हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने,बोनश सेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धीत शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथापत राख्ने आदि कुरा पनि पास हुनेछन् ।

त्यसैगरी सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० को अनुपातलाई परिवर्तण गर्ने गरी ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Share.

Comments are closed.