नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर संरचना परिवर्तन गरी ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ ।

कम्पनीले प्रकाशित सूचना अनुसार कूल आठ करोड २० लाख ७९ हजार ६६५ कित्ता सेयर रहेकोमा चार करोड ९२ लाख ४७ हजार ७९९ कित्ता संस्थापक सेयर र तीन करोड २८ लाख ३१ हजार ८६६ कित्ता सेयर सर्वसाधारणको रहेकोमा अब सो संरचनामा परिवर्तन गर्न लागेको हो ।

अब कम्पनीको सेयर संरचना ५१ः४९ संस्थापक र सर्वसाधारणको हिस्सा कायम हुनेछ । नयाँ संरचना अनुसार चार करोड १८ लाख ६० हजार ६२९ कित्ता संस्थापक सेयर हुनेछ भने चार करोड दुई लाख १९ हजार ३६ कित्ता सेयर सर्वसाधारणको हुनेछ ।

कम्पनीले विशेष प्रस्तावको रुपमा साधारणसभाबाट पारित भएको र बीमा समितिबाट समेत स्वीकृति पाइसकेको सेयर संरचना परिवर्तन गर्न सूचना प्रकाशित गरेको छ । सर्वसाधारण से यरमा रुपान्तरण हुन नचाहने संस्थापकहलाई ७ दिन लिखित सूचना दिन आह्वान गरिएको छ । त्यसरी सेयर संरचना परिवर्तन गर्न नचाहने लगानीकर्ताहरुले नचाहने संस्थापकले स्वघोषणा गरी निवेदन दिन भनिएको छ ।

नेपाल लाइफको सेयर संरचना हेरफेर सम्बन्धी प्रक्रिया पूरा भएपछि नेप्सेमा सूचिकृत ७३ लाख ८७ हजार १७० कित्ता सेयर सर्वसाधारण सेयरमा रुपान्तरण हुनेछ ।

Share.

Comments are closed.