गत साता ६.१०% ले बढेको नेप्से यो साता १.२६% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २१४२.३१ को बिन्दुमा खुलेको नेप्से २२२३.९९ को उच्च बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब २७ अङ्क गुमायो। हप्ताको अन्तिम कारोबार दिन शुक्रबार लगभग ३५ अंक घटेर नेप्से २११३.५५ मा बन्द भएको छ।  

साताभरिमा ट्रेडिंग, नन-लाइफ, म्युचल फन्ड, म्यानुफ्याक्चरिंगबाहेक बाँकी सबै ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन् ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: 6 August, 2022

अघिल्लो साता ‘बुलिश मारुबुजु क्यान्डल’ क्यान्डल बनाउँदै उकालो लागेको नेप्सेले यस साता भने ‘शुटिंग स्टार क्यान्डल’ बनाएको देखिन्छ जसले बजारमा बिक्रीकर्ताको चाप बढेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा मुनि भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १४५.९५ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ १०.४६ मा पुगेको छ जसले बजारमा खरिदको मोमेन्टम धेरै बढेको देखाउँछ ।  सिग्नल लाईन पनि बढेर जिरो लाईन भन्दा तल -१५६.४० मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा बिक्री बढेको बुझाउँछ। आरएसआइ ४३.३३ बाट घटेर ४२.२१ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०३० को एरिया हुन्छ भने  नेप्सेको आगामी दिनको अवरोध २२२४ को एरिया देखिन्छ।#nepseweekly

Share.

Leave A Reply