गत साता ०.६७ % ले घटेको नेप्से यो साता  भने २.६५ % ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २६२३ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार २३ अंकले घटेर नेप्से २६४४ को बिन्दुमा बन्द भएको छ। साताको सुरु दिन बाटै कारोबार साँघुरिदै आएको बजार आज बिहिबार भने न्यून कारोबार भएको देखिन्छ । पहिलो दिन बाटै भारी अंकले घटेको नेप्से बुधबार मात्रै ४० अंकले बढेको थियो भने अन्तिम दिन पनि गिरावट आएको थियो।

यस साता कारोबार भएका १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

यस साताको टप गेनर्स(Top Gainers)

यस साताको टप लुजर्स(Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनिहरु (Top Traded Stocks By Units )

प्राविधिक विश्लेषण

अघिल्लो साता डोजी क्यानडाल बनाउदै सामान्य ओरालो लागेको नेप्से यस साता भने बियरिस क्यानडल बनाएको देखिन्छ। यस साताको क्लोजिंग ले  मिडल ब्याण्ड  भन्दा तल र लोवर ब्याण्ड भन्दा माथि क्लोज गरेको छ जसले बजारमा ठुलो उतारचढाभ नभएको र  सामान्य बिक्रि भएको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -३३  मा आएको छ र  सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -१६ मा आएको छ तर हिस्टोग्राम भने पुनः नेगेटिभ बनाएको  देखिन्छ जसले  बजारमा बिक्रिकर्ता बढी  भएको जनाउँछ। -१४ डिएमआई लाईन, +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउछ । आरएसआइ ४६ बाट घटेर ४३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको  देखिन्छ । नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५००  रहेको देखिन्छ र नेप्सेको आगामी दिनको अवरोध २६००  को लेबल हुन आउँछ।

Share.

Comments are closed.