गत साता ३.१४ % ले घटेको नेप्से यो साता  भने २% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २४७१ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बुधबार ३० अंकले बढेर नेप्से २४१५ को बिन्दुमा बन्द भएको छ। साताको सुरु दिन बाटै कारोबार साँघुरिदै आएको बजार आज बुधबार पनि कारोबार खासै उछाल देखिएन। पहिलो दिन बाटै भारि अंकले घटेको नेप्से अन्तिम दिन मात्रै ३० अंकले बढेको हो भने यस साता तिन दिन  मात्रै कारोबार भएको हो।  यस साताको कारोबारमा नेप्से  ४९ अंकले घटेको देखिन्छ।

यस साता कारोबार भएका १३ उप-समुहहरु सबै ओरालो लागेका छन्।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Units )

टप ब्रोकर

प्राविधिक विश्लेषण

अघिल्लो साता बियरिस क्यान्डल बनाउदै ओरालो लागेको नेप्से यस साता भने डोजी जस्तो क्यान्डल बनाएको देखिन्छ। यस साताको क्लोजिंगले  लोवर ब्याण्ड  भन्दा माथि क्लोज गरेको छ तर लोवर ब्याण्ड फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाभ भएको र बिक्री बढेको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -५८  मा आएको छ जहाँ अघिल्लो साता -४५ मा थियो।  सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -२९ मा आएको छ तर हिस्टोग्राम भने पुनः नेगेटिभ बनाएको देखिन्छ जसले  बजारमा बिक्रीकर्ता बढी  भएको जनाउँछ। -१४ डिएमआई लाईन, +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउँछ । आरएसआइ ४० बाट घटेर ३८ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको  देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २३७०  रहेको देखिन्छ र नेप्सेको आगामी दिनको अवरोध २५००  को लेबल हुन आउँछ।

Share.

Comments are closed.