गत साता २% ले घटेको नेप्से यो साता  भने ३.७२% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २४२२ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार झिनो अंकले बढेर नेप्से २३२५ को बिन्दुमा बन्द भएको छ। साताको सुरु दिन बाटै कारोबार साँघुरिदै आएको बजारमा साता भरि नै औसत करिब १.५ अर्बको दैनिक कारोबार गरेको थियो जुन अत्यन्त कम हो । पहिलो दिन बाटै भारि अंकले घटेको नेप्से मंगलबार १३ अंकले वृद्धि भयो र अन्तिम दिन मात्रै ४ अंकले बढेको हो भने यस साता तिन दिन बजारमा भारि गिरावट भएको हो।  यस साताको कारोबारमा नेप्से  ८९ अंकले घटेको देखिन्छ।

यस साता कारोबार भएका १३ उप-समुहहरु सबै ओरालो लागेका छन्।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Units )

टप ब्रोकर

प्राविधिक विश्लेषण

अघिल्लो साता डोजी जस्तो क्यान्डल बनाउदै ओरालो लागेको नेप्से यस साता भने बियरिस क्यानडल बनाएको देखिन्छ। यस साताको क्लोजिंगले  लोवर ब्याण्ड लाइ सपोर्ट लिएर लोवर ब्याण्ड भन्दा माथि क्लोज गरेको छ तर लोवर ब्याण्ड फराकिलो हुँदै गएको देखिन्छ जसले बजारमा उतारचढाभ भएको र बिक्री बढेको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -७४ मा आएको छ जहाँ अघिल्लो साता -५६ मा थियो।  सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -३८ मा आएको छ तर हिस्टोग्राम भने पुनः नेगेटिभ बनाएको देखिन्छ जसले  बजारमा बिक्रीकर्ता बढी  भएको जनाउँछ। -१४ डिएमआई लाईन, +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउँछ । आरएसआइ ४० बाट घटेर ३५ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको  देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२८७ र २२६० बीचको लेभल रहेको देखिन्छ भने  नेप्सेको आगामी दिनको अवरोध २३७०  को लेबल हुन आउँछ।

Share.

Comments are closed.