आज सोमबार २९.९८ अंकले घटेर १.१७ % गिरावटको साथ नेप्से  २५४२.२८ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये  २१ कम्पनी उकालो लागेका छन्, १६७ कम्पनी ओरालो लागेका छन् र ५ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पूँजीकरण घटेर रु ३६ खर्ब ०५ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: March 28, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २१५) जसले बजारमा भोलाटाइलिटी घटेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२५०४) भन्दा माथि २५४२  सम्ममा आएर बन्द भएको छ।  आज बजारमा  बिक्री बढेको देखिन्छ ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -३३  मा आएको  देखिन्छ। हिस्टोग्राम हिजोको नेगेटिभ  ०.३९ मा आएको छ। एमएसिडी लाइनले  माथि बाट तल तिर सिग्नल लाइनलाइ क्रस गरेर तल जान लागेको  देखिएको छ।  सिग्नल लाइन जिरो लाइन भन्दा तल  -३२.८  आएको छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्री बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने   -१४ डिएमआई लाइन माथि फर्किएको  छ।  सिग्नल लाइन भने माथि तिर फर्किएको छ जसले ट्रेन्ड निरन्तर हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन तलतिर बाट माथि फर्किएको देखिन्छ  जसले बिक्रि बढेको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिस क्यान्डल  बनाएको छ जसले  बजारमा अत्याधिक बिक्री बढ्दै गएको  जनाउँछ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: March 28, 2022

क्युमुलेटिभ एडी लाइन  -३२८४ देखि घटेर -३४३०  मा आएको छ। नेप्सेको कुल भोल्युम ४३५४४२२ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(५२२९४९५)  को ८३ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड नजिक २५४२ मा  क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -३२ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -३२  मा देखिएको छ  भने हिस्टोग्राम नेगेटिभ ०.३ मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।

-१४ डिएमआई लाइन माथि  फर्किएको छ भने +१४ डिएमआई लाईन भने तल  लागेको छ  र एडिएक्स लाइन + १४ डीएमआइ लाइनलाइ क्रस गर्न माथितिर  निरन्तर लागिरहेको देखिएको छ  जसले  ट्रेन्ड निरन्तर  हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा बिक्रीकर्ताको  मोमेन्टम  बढेको सङ्केत गर्छ। आरएसआइ आज ३९ बाट घटेर ३६ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५००  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २६००  को एरिया रहेको देखिन्छ।

Share.

Comments are closed.