आज मंगलबार २.७६ अङ्कले घटेर ०.१३% गिरावटको साथ नेप्से परिसूचक २१९३.४९ अंकमा बन्द भएको छ। कारोबार भएका २१७ कम्पनीमध्ये ८२ कम्पनी उकालो लागेको छन्, ९२ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ६ उपसमूह बाहेक बाँकी ७ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर ३१ खर्ब ३२ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: August 2, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ३२२) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा तल २१९३.४९ मा बन्द भएको छ। आज बजारमा बिक्रीकर्ता अलि हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा माथि ४३.४४ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर १७.१९ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा माथि २६.२४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन माथि फर्केको छ जसले बजारमा बिक्री बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘बियरिश ड्रयागनफ्लाई डोजी क्यान्डल’ बनाएको छ जसले बजारको दिशा अनिश्चित भएको सङ्केत गर्छ। त्यसकारण, लगानीकर्ता सावधान हुनुपर्ने देखिन्छ। बजार पहिलाको मूल्यमा आधारित भएर माथि या तल जता पनि जाने सक्ने देखिन्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: August 2, 2022

क्युमुलेटिभ एडी लाइन –६२२९ देखि घटेर – ६२३९ मा आएको छ। नेप्सेको कुल भोल्युम ६५६०७७९ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(५७१०२६१) को ११५ प्रतिशत देखिएको छ।

नेप्से आज अपर  ब्याण्डभन्दा तल २१९३.४९ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि ४३.४४ मा आएको छ र  सिग्नल लाईन भने जिरो लाइन भन्दा माथि २६.२४ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर १७.१९ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखाउँछ।

+१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन माथि फर्केको छ जसले बजारमा बिक्री बढेको देखिन्छ। आज आरएसआइ ६७.०९ बाट घटेर ६६.०८ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम थोरै घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०६० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२५० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.