आज बुधबार नेप्सेमा कारोबार अत्यन्त सुस्ताएको छ । आज २ घण्टामा करिब ५० करोड मात्रैको खरिदबिक्री भएको देखिन्छ।
यस्तै, नेप्सेले पनि कुनै दिशा लिन सकेको छैन । बजार खुलेको समयबाट नेप्से ‘साइड वेज’ चलेको देखिन्छ। अहिले १ बजेको अपडेट अनुसार नेप्से १० ले घटेर २३४७ मा आएको छ।
आज सर्वाधिक कारोबार गरेको कम्पनी नेस्डो समृद्ध लघुवित्तको करिब ३० हजार कित्ताको खरिदबिक्री भएको छ। लगातार पोजेटिभ सर्किटमा कारोबार गरिराखेको नेस्डो लघुवित्त आज भने नेगेटिभ सर्किटमा खरिदबिक्री भएको छ भने ग्रिन भेन्चरको आज दोस्रो दिन पनि सर्किट लेभलमा कारोबार भएको छ।
