नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनश सेयर सूचिकृत भएको छ ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६ लाख ८५ हजार ४०१ कित्ता बोनश सेयर सूचिकृत भएको हो । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनश सेयर सूचिकृत गराएको हो ।

छिमेक लघुवित्तको ४९ लाख ४१ हजार कित्ता शेयर सुचिकृत भएको हो । छिमेक लघुवित्तले गत पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ प्रतिशत बोनश सेयर सूचिकृत भएको हो ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । मनकामना स्मार्ट लघुवित्तले पुस १९ गते सम्पन्न साधारण सभाबाट पारित १७ प्रतिशत बोनश सेयर सूचिकृत गराएको हो ।

Share.

Comments are closed.