नेप्सेमा नबिल बैंक,एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको बोनश सेयर सूचिकृत भएको हो। नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५ दशमलव ८९ कित्ता, एक्सेलको ९ लाख ७३ हजार ३४५ दशलमव ४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१ दशलमव ५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

नबिल बैंकको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३३ दशलमव ६० प्रतिशत बोन सेयर सूचिकृत भएको हो । त्यसैगरी एक्सेल डेभलपमेन्ट बैंकको असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनश सेयर र स्वाभिमान लघुवित्तको पुस ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३२ दशलमव ३० प्रतिशत बोनश सेयर सूचिकृत भएको हो ।

यी सेयरहरु शेयरधनीको हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न सकिनेछ ।

Share.

Comments are closed.