मंगलबार नेप्सेमा २ कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । नेप्सेमा सुर्योदय लघुवित्त वित्तीय संस्था र इन्फीनिटी लघुवित्तको सेयर सूचिकृत भएको हो ।

आज सुर्योदय लघुवित्तको २० प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता बोनश सेयर र इन्फीनिटी लघुवित्तको २७ दशमलव ७० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता बोनश सेयर मिलाएर कुल १३ लाख ९५ हजार १ सय ८३ दशमलव ९७७३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

उक्त सेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउने छन् ।

Share.

Comments are closed.