आज मंगलबार ४६.०८ अङ्कले घटेर २.२२ % गिरावटको साथ नेप्से परिसूचक २०३०.५९ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये १७ कम्पनी उकालो लागेका छन्, १७५ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी मात्र स्थिर रहेको छ।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर २८ खर्ब ९६ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 5, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर केही घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २६५) जसले बजारमा भोलाटाइलिटी हल्का घटेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा मुनि २०३०.५९ मा बन्द भएको छ। आज बजारमा बिक्री बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा तल  -१९.८४ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर पोजेटिभ २८.६० मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको थियो तर आज हल्का झुक्न लागेको छ।  सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – ४८.४४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम जिवितै रहेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा खरिद घटेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बियरिश क्यान्डल बनाएको छ जसले बजारमा बिक्री बढेको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 5, 2022

क्युमुलेटिभ एडी लाइन –६४१३ देखि घटेर – ६५७१ मा आएको छ। नेप्सेको कुल भोल्युम ५९६०८४६ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३९६०६७९)  को १५० प्रतिशत देखिएको छ।

नेप्से आज अपर  ब्याण्डभन्दा तल २०३०.५९ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –१९.८४ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ४८.४४ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर २८.६० मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखाउँछ।

+१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा खरिद घटेको देखिन्छ। आज आरएसआइ ५५.६५ बाट घटेर ५०.३० मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०१५ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २११५ को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.