आज बुधबार ६०.२२ अंकले बढेर २.९८ % वृद्धिको साथ नेप्से परिसूचक २०८०.४४ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये १९३ कम्पनी उकालो लागेका छन्, २ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर २९ खर्ब ६३ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: June 8, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः३७६) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा थोरै तल २०८०.४५ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा तल  -७८.९३ मा आएको  देखिन्छ। हिस्टोग्राम बढेर नेगेटिभ ९.०८ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको थियो तर आज माथि फर्किन थालेको छ।  सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल  – ६९.८५ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदको मोमेन्टम बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएको छ।  सिग्नल लाइन पनि माथितर्फ बढीरहेको थियो तर आज अलि सिधा भएको छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर निरन्तर तल गईरहेको थियो तर आज माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश क्यान्डल बनाएको छ जसले बजारमा खरिद बढेको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: June 8, 2022

क्युमुलेटिभ एडी लाइन  -५९३९ देखि बढेर –५७४८ मा आएको छ। नेप्सेको कुल भोल्युम ३९४६४२२ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(२९६५७९२)  को १३३ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्डभन्दा थोरै तल २०८०.४५ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल – ७८.९३ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –६९.८५ मा देखिएको छ  भने हिस्टोग्राम हिजोभन्दा बढेर –९.०५ मा पुगेको छ जसले बजारमा खरिदकर्ता हावी भएको देखाउँछ।

+१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएको छ।  सिग्नल लाइन पनि माथितर्फ बढीरहेको थियो तर आज अलि सिधा भएको छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर निरन्तर तल गईरहेको थियो तर आज माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ। आज आरएसआइ २१.६० बाट बढेर ३२.८६ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको र बजार ओभर सोल्ड जोनबाट निस्किन लागेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९८० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२५० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.