आज बुधबार ८.९० अंकले बढेर ०.३९% वृद्धिको साथ नेप्से परिसूचक २२७४.४२ अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये १२७ कम्पनी उकालो लागेका छन्, ५२ कम्पनी ओरालो लागेका छन् भने १२ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समूहमध्ये ८ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन् भने बाँकी ५ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३२ खर्ब ३५ अर्ब पुगको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: May 18, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको देखिन्छ (आजको फरकः २०१ ) जसले बजारमा भोलाटाइलिटी घटेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड २२२७ भन्दा माथि २२७४ मा बन्द भएको छ। आज बजारको सुरुवातमा बिक्रीकर्ता हावी भए पनि अन्तिममा खरिद बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन केही बढेर जिरो लाइन  भन्दा तल -५१.६१ मा आएको  देखाउँछ। हिस्टोग्राम पोजेटिभ ६.५८  मा आएको छ। एमएसिडी लाइनले तलबाट  माथि फर्किएर सिग्नल लाइनलाई क्रस गरी तल फर्किन लागेको थियो तर आज फेरि सिधा गएको देखिन्छ।  सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  -५८.१९ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज बिक्रीको मोमेन्टम बढी भएको देखिन्छ तर अन्तिम केही खरिद बढेको पनि देखाउँछ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल फर्किएको छ र  -१४ डिएमआई तलबाट माथि फर्किएको छ।  सिग्नल लाइन आज +१४डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर आज अलि सिधा भएको छ जसले ट्रेन्ड रिभर्स हुन सक्ने जनाउँछ ।  -१४ डिएमआई लाईन तलबाट माथि फर्किने क्रम अलि कम देखिन्छ  जसले  बजारमा बिक्रीको मोमेन्टम घटेको बुझ्न सकिन्छ। 

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश ह्याम्मर क्यान्डलस्टिक बनाएको छ जसले बजारमा ट्रेण्ड रिभर्सलको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: May 18, 2022

क्युमुलेटिभ एडी लाइन  -४९७० देखि बढेर -४८९५  मा आएको छ। नेप्सेको कुल भोल्युम २८४१२१५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (३२५४६५०)  को ८७ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड  भन्दा माथि २२७४ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल -५१.६१ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -५८.१९ मा देखिएको छ  भने हिस्टोग्राम पोजेटिभ ६.५८ मा पुगेको छ जसले बजारमा केही खरिद बढेको बुझ्न सकिन्छ।

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल फर्किएको छ र  -१४ डिएमआई तलबाट माथि फर्किएको छ।  सिग्नल लाइन आज +१४डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर आज अलि सिधा भएको छ जसले ट्रेन्ड रिभर्स हुन सक्ने जनाउँछ । आरएसआइ आज ३७.८७ बाट बढेर ३९.३६ मा पुगेको छ। यसले, आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २२२० को एरिया  देखिन्छ भने नेप्सेको नजिकको  अवरोध २३५० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.